विश्व मुटु दिवस २०२६, चितवन, भरतपुर

  • Oct, Fri, 2026
  • 0
  • 132 views

चितवन, भरतपुर ।
२०८३असोज १६ गते,
विश्व मुटु दिवस २०२६ को अवसरमा श्री चक्रदेवी आधारभूत विद्यालय, कालिका न.पा.-८ चितवनको आयोजना र चितवन मुटु अस्पताल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, चितवन र सेफ हर्ट फाउन्डेसनको प्राविधिक सहयोगमा श्री चक्रदेवी आधारभूत विद्यालय, कालिका न.पा.-८ गैरीबारीमा अभिभावक, विद्यार्थीहरू तथा शिक्षकशिक्षिका हरुको मुटु , सुगर, तथा ब्लड प्रेसर परिक्षण कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बिद्यार्थी बालबालिका, शिक्षकशिक्षिका र अभिभावक गरि २६७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । मुटु परिक्षणमा शंकास्पद मुटुरोगी ४० जनाको ECO गरिएकोमा १ जना विद्यार्थीको बाथरोग पहिचान भएको छ भने अन्य १४ जनामा मुटुको समस्या पहिचान भएको बरिस्ठ मुटुरोग बिशेषज्ञ डा. शंकर लौडारीले जानकारी दिनु भयो ।
चितवन मुटु अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माले संयोजन गर्नु भएको मुटु परिक्षण कार्यक्रम वरिष्ट मुटुरोग विशेष डा शंकर लौडारीको नेतृत्वमा डा. रचित यादव , राघुविन्द्र अधिकारी,महेश पाण्डे, राजेश मिश्र, मोनिका सिलवाल, लक्ष्मी के सी, विनिता थापा, अन्जली थापा लगायत स्वास्थ्यकर्मीको टोलीबाट परिक्षण संचालन गरिएको थियो । कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, नेपाल हृदयरोग निवारण प्रतिष्ठानका के स तथा बागमती प्रदेश संयोजक ई भोजराज कौडेल , सभापति लिलाराज खरेल, कोषाध्यक्ष प्रकाशराज पन्तका साथै विद्यालयका अध्यक्ष आइतराम प्रजाको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापन प्र.अ. ईश्वर गुरुङ तथा विद्यालयका पुर्व विद्यार्थी तथा समाजसेवी साजन गुरुङले गर्नु भएको थियो ।