विश्व मुटु दिवस २०२६ को अवसरमा अन्तरक्रिया कार्यक्रम
चितवन, भरतपुर ।
२०८३ असोज १३ गते,
चितवन मुटु अस्पताल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान, चितवन र सेफ हर्ट फाउन्डेसन,नेपाल तथा नेशनल हर्ट एण्ड लङग सोसाइटी,चितवनको संयुक्त आयोजनामा विश्व मुटु दिवस २०२६ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनुपम विष्ट ले मुटु रोग र हृदयघात Heart Attack बारेमा सहभागि विच प्रतुतिकरण गर्नु भएको थियो भने इन्टरभेन्सनल रेडियोलोजिस्ट
डा. पारस थापाले पक्षघात Stroke ( ब्रेन अट्याक) र यसको उपचार विधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संस्थाका ३१ जनाको सहभागीता रहेको थियो भने नेपाल हृदयरोग निवारण प्रतिष्ठान चितवनका सभापति लिलाराज खरेलको सभापतित्वमा भएको कार्यक्रमको चितवन मुटु अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माले संयोजन गर्नु भएको थियो।

